Logo

अर्थ

मिटरब्याज पीडितको समस्या समाधान गर्न पहल सुरु : प्रधानमन्त्रीको सचिवालय



काठमाडौं । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारले पहल सुरु गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितलाई न्याय हुने गरी कानूनको मस्यौदा मन्त्रिपरिषद बैठकमा पेश गर्न कानून मन्त्रालयका सचिवलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

मिटरब्याज पीडित किसानहरुको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए । आजभोलि नै त्यो कानून संसदमा दर्ता हुने उनले बताए ।

महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानहरुका समस्या समाधान गर्न र घर फर्किने वातावरण बनाउन गृहसचिव मार्फत प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ११:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।