Logo

अर्थ

भक्तपुर–नगरकोट सडक अलपत्र पार्ने प्रचण्डका घरबेटीको ठेक्का तोड्न सार्वजनिक सूचना



काठमाडौं । भक्तपुर–नगरकोट सडक अलपत्र पार्ने ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्का तोड्न आयोजना कार्यालयले सार्वजिनक सूचना निकालेको छ । पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेक्का तोड्ना लागिएको हो ।

शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारी प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । प्रचण्डको घरबेटी भएकै कारण उनले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको भन्दै आलोचना हुँदै आएको थियो ।

शैलुङ कन्स्ट्रक्सनले २०७०÷७१ मा भक्तपुरदेखि नगरकोटसम्मको सडक सुधार र विकासका लागि ठेक्का पाएको थियो । ठेक्का पाएको करिब १० वर्षको अवधिमा ८ पटक म्याद थप्दा पनि काम नभएपछि ठेक्का तोड्न भक्तपुर नगरकोट सिपाघाट–बालाजु, त्रिशुली छहरे सडक आयोजनाले सोमबार सूचना निकालेको हो ।

यदि सम्झौता खारेज गर्नु नपर्ने कारण छ भने १४ दिनभित्र पेश गर्न पनि समय दिइएको छ । अन्यथा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार ठेक्का सम्झौता खारेज हुनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १४:१८   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।