Logo

अर्थ

मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी



काठमाडौं । मिटरब्याज पीडितहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । मिटरब्याज पीडितहरुकै आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका शाहीविरुद्ध राजवादी र सामान्तवादी भन्दै मिटरब्याजी पीडितहरुले नै नाराबाजी गरेका हुन् ।

आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए । बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् ।

उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए । उनले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । तर मिटरब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीबिरुद्ध चर्को नाराबाजी गरे ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १२:०५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।