Logo

अर्थ

सिन्धुली-१ का लागि सांसद घिमिरेद्वारा संघमा विभिन्न आयोजना पेश



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सिन्धुली–१ का प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका लागि विभिन्न योजना संघमा सिफारिस गरेका छन् । उनले आगामी आर्थिक बर्ष २०७९÷८० मा बजेट व्यवस्थापनका माग गर्दै योजना पेश गरेका हुन् । सांसद घिमिरेले ऊर्जा तथा जलस्रोत, खानेपानी, खेलकुद तथा सडक विभागमा विभिन्न योजना पेश गर्दै त्यसका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

जसअनुसार कमला खोला र चदाँहा खोला तटबन्धनसहित करिडोर, तीनपाटन गाउँपालिका ५ स्थित भलायोडाँडा सिँचाइ आयोजना, तीनपाटन ११ को भालुखोला, ठाँटी कुलो, सुन्दरफाँट, मझुवा सिँचाइ कुलो, तीनपाटन ४ स्थित कागते खोला सिँचाइ आयोजना, तीनपाटन ३ स्थित जिर्घाहा काटगाउँ सिँचाइ आयोजना, फिक्कल गाउँपालिका २ मा जड्से सिँचाइ कुलो, गोलन्जोर गाउँपालिका ६ मा देउरालीटार मूल कुलो निर्माण आयोजना, दुधौली नगरपालिका ३ मा चारघरेदेखि मिलनचोकसम्मको कुलो मर्मत, कमलामाई ९ मा अमाहादेखि काउछेसम्मको कुला मर्मत, दुधौली वडा नं. ११, २ र १० मा लिफ्ट सिँचाइ आयोजना ऊर्जा मन्त्रालयमा पेश भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा १४ वटा योजना पेश भएका छन् । उत्तरायणघाट एवं बैकटेश्वर मन्दिरको पुर्नसंरचना, कमलाई ९ स्थिति राधाकृष्ण मन्दिरको घेराबेरा तथा ज्येष्ठ नागरिक भवन निर्माण, दुधौली ६, कमलामाई १३ र दुधौली ११ मा पार्क निर्माण, तीनपाटन १ मा चिसापानी गुम्बा निर्माण, दुधौली ७ मा डिमा दावा साम्तेलिङ्ग बौद्ध गुम्बा निर्माण, दुधौली ११ मा मन्दिर निर्माण, फिक्कल २ मा शिव निर्माण, तीनपाटन ३ मा सिपाली गुम्बा निर्माण, दुधौली ७ मा शिव मन्दिरको घेराबेरा, दुधौली १३ मा ठाकुर गुफा संरक्षण र पार्क निर्माण, फिक्कल १ मा काउले मन्दिर घेराबेरा व्यवस्थापन तथा दुधौली ९ दुधैली बजारमा जिर्णद्वार मन्दिर संरक्षणका योजना पेश भएका छन् ।

सांसद घिमिरेले खानेपानी मन्त्रालयमा पनि विभिन्न योजना पेश गरेका छन् । दुधौली १० मा पत्यानी, कर्था मंगलपुर खानेपानी आयोजना, गोलन्जोर ६ मा हैबार खानेपानी आयोजनाको निरन्तरता, फिक्कल १ र ४ मा छरछरे, नागदह, ठूलीवन खानेपानी आयोजना, दुधौली ७ मा सिमराही र डम्बरखाडी खानेपानी आयोजना, तीनपाटन १० मा माथिल्लो पचरंग खानेपानी आयोजना, तीनपाटन ९ मा बतासे आँपडाँडा खानेपानी आयोजना, फिक्कल १ र ४ का लागि रचानेथाम भेडिखोर खानेपानी, फिक्कल ४ कै लागि खाडुसाङ खानेपानी मर्मत, दुधौली ३ मा खानेपानी आयोजना, तीनपाटन १ मा तिरतिरे खानेपानी आयोजना मर्मत, दुधौली ८ मा कुम्रा खोला खानेपानी, दुधौली ७ मा कटरे र्बहत् खानेपानी, गोलन्जोर ६ मा सुँगुरे खोला खोनपानी, तीनपाटन ४ मा जरायोटार खानेपानी तथा फिक्कल ३ का लागि खरक खोला, तारेभिर, काफल चुरी, बेतिनी खानेपानी आयोजना पेश भएका छन् ।

यसैगरी, शहरी विकास मन्त्रालयमा दुधौली ९ र १० का लागि जानकी स्कुल, खिरयानी, पत्यानी कर्था हुँदै कोक्टीसम्मको बोटा स्तरउन्नति, कमलामाई ९ मा भिमानखोलादेखि क्याचौडी हुँदै मदनभण्डारी जोड्ने पूरानो बाटोको स्तरउन्नति, दुधौली १ बाट लङुरखोला, महादेव मन्दिर जाने बाटो, दुधौली ६ र ११ को माथिल्लो पत्रिगांदेखि जगाडी पुलसम्मको बाटो स्तरउन्नति, दुधौली ५ स्थित मदन भण्डारी राजमार्गबाट सिर्थौली अस्पताल हुँदै स्कुलसम्म जाने बाटो, दुधौली ४ स्थित प्रावि बेल्टार हँुदै राकृष्ण मन्दिरसम्मको बाटो स्तरउन्नति, दुधौली १३ खानीबेसी हात्तिखर्क, जुरेपोखरी, डिकचित्रे, नागी सडकको स्तउन्नती, कमलामाई १४ वडा कार्यालयबाट पूरानो बाटोको स्तरउन्नति, कमलामाई ६ स्थिति शिवमन्दिरबाट सिँचाइ टोल हुँदै विपी राजमार्गसम्म पिच गर्ने तथा कमलामाई ६ कै जसेदमार, अँधेरी भन्ज्याङ, धन्सारे सडकको स्तरउन्नति गर्ने योजना पेश गरिएका छन् ।

खेलकुद मन्त्रालयमा कमलामाई ९ मा भिमान कवर्डहल निर्माणको निरन्तरता, दुधौली ४ डकाहामा, तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा कवर्डहल निर्माणको योजना पेश भएका छन् ।

यसैगरी सांसद घिमिरेले सडक विभागमा पनि विभिन्न १० आयोजना पेश गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १३:३०   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।