काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २०.०० अंकले घटेर १८८८.५५ बिन्दुमा ओर्लिएको छ ।
बिहीबार पनि १०.८७ अंकले बजार घटेको थियो । बजारमा आज ३७ लाख ८७ हजार २ सय ४१ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उप समूह राताम्य हुँदा पनि आज कालिन्चोक दर्शन, सिटिजन म्युचुअल फण्ड र जीवन विकास लघुवित्तले सर्वाधिक नाफा कमाएका छन् । सर्वाधिक गुमाउनेमा भने स्वाभिमान लघुवित्त, प्रभु डिबेन्चर, कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्था रहेका छन् ।




















प्रतिक्रिया