Logo

अर्थ

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको भाउ



काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँमा कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ११:३१   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।