Logo

अर्थ

सरकार अर्थतन्त्रमा देखिएकाे दबाबलाई कम गर्न लगातार छलफलमा : प्रधानमन्त्री प्रचण्ड



काठमडाौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा रहेको बताएका छन् । सोमबार सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उनले बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेको पनि बताए ।

‘अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौं । बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौं’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौं । अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ ।’

बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच रहेको उनले बताए । ‘हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौं’ उनले भने । साथै प्रधानमन्त्री प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिन भन्न नमिल्ने बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १७:४०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।