काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने गरी बजेट ल्याउने तयारी गरिएको बताएका छन् । अर्थतन्त्र सुधारका लागि अहिले विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको र यसप्रति सरकार गम्भीर रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प, कोरोना, रूस र युक्रेन युद्धलगायतका कारण अर्थतन्त्र दबाब परेको बताए । त्यसलाई समाधान गर्दै निराशालाई चिर्नको लागि आगामी आर्थिक वर्षका लागि केही नयाँ, ठूलो र गुणात्मक बजेट ल्याउने उनले बताए ।




















प्रतिक्रिया