काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थाबारे विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो ८ महिना (फागुन मसान्तसम्म)को तथ्यांकअनुसार मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । यसैगरी यो अवधिमा व्यापारघाटा १७.९ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । नेपाली रुपैयाँमा २५.३ प्रतिशत र अमेरिकी डलमा १४.८ प्रतिशतले रेमिट्यान्स बढेको हो । सोधानान्तर स्थिति १४८ अर्ब ११ करोड बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यसैगरी कुल विदेशी विनिमय सत्तिचति रु. १४०१ अर्ब २१ करोड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड रहेको छ ।

- याे पनि…
व्यापार घाटा ९ खर्बमाथि : १० खर्ब ५८ अर्बको आयात हुँदा १ खर्बको निर्यात
बढ्याे महँगी, गैर–खाद्य तथा सेवा समूहको झन्डै नाै प्रतिशत
बैंकहरुको निक्षेप र कर्जा बढ्यो, घरजग्गामा लगानी सबैभन्दा धेरै
शोधनान्तर स्थिति १४८ अर्बले बचतमा, चालु खाता भने ४४ अर्ब ३१ करोड घाटामा
वैदेशिक राेजागरीमा जानेकाे संख्या वृद्धि भएसँगै २५.३ प्रतिशतले बढ्यो रेमिट्यान्स




















प्रतिक्रिया