Logo

अर्थ

बुधबार राति एक घण्टा माछापुच्छ्रे बैंकको एटीएम लगायतका सेवा बन्द हुने



काठमाडौं । माछापुच्छ्रे बैंकले भोलि (चैत २९ गते बुधबार) राति एक घण्टाका लागि आफ्ना केही सेवा बन्द रहने जनाएको छ । बुधबार राति २ बजेदेखि एक घण्टाका लागि कार्ड, एटीएम, पोस मेसिन तथा ई–कमर्ससँग सम्बन्धित सम्पूर्ण सेवा अवरुद्ध रहने बैंकले जनाएको छ ।

बैंकको स्विच सेवा प्रदायक कम्पनी एनईपीएस–नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडको नेतवर्क स्विचमा सिस्टम अपडेट गर्नुपर्ने भएकाले यी सेवा रोकिने बैंकले जनाएको छ । बैंकले यसबाट सम्पूर्ण ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा पनि मागेको छ ।

तर उक्त समयमा पनि मोइवाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा भने संचालनमै रहने जानकारी गराएको छ ।

सूचना हेर्नुहाेस्

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १९:३०   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।