Logo

प्रमुख समाचार

सिंहदरबारको फोहोर महानगरले नउठाएपछि सरकारले भन्यो– जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन



काठमाडौं । काठमाडौै महानगरपालिकाले सिंहदरबार, शीतलनिवास र बालुवाटारलगायतका ठाउँको फोहोर उठाउन छाडेपछि सरकारले यो जनस्वास्थ्यमाथिको खेलवाड भनेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले काठमाडौं काठमाडौंका मेयर बालेन साह कानुनविपरीत चलेको टिपप्णी गरिन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनिन्, ‘स्थानीय तह पनि सरकार हो । त्यसले संविधान, नीति, कानुन बुझ्नुपर्छ । त्यसानुसार चल्नुपर्छ । कानुन, संविधानमा भएका कतिपय व्यवस्था चित्त बुझ्दैन, या त त्यसलाई परिवर्तन गर्ने सामर्थ्य राख्नुपर्छ । जनताबाट चुनिएका मान्छेले कानुन मान्दैन भने हुन्छ के ?’

उनले संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको बताइन् । उनले महानगर प्रमुख बालेनको पछिल्लो कदमले जनस्वास्थ्यमाथि खेलबाड भएको समेत बताइन् ।

‘अर्को कुनै उद्देश्य पूर्तिका निमित्त, अर्को काम सल्ट्याउनका निमित्त हड्तालतको विषय बनाउनु हुन्न’ उनले भनिन्, ‘जिम्मेवार पदाधिकारीले यस्तो विषयमा बोल्नु र कदम चाल्नुले राम्रो सन्देश दिँदैन । जनस्वास्थ्यमाथिको खेलबाड पनि ठहर्छ । आफूले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन ।’

सुकुम्वासी व्यवस्थापन गर्न संघ सरकारले सहयोग गरेन भन्ने विषयमा बालेनले हड्ताल गरेको आरोप मन्त्री शर्माको आरोप छ । एकैपटक डोजर लगेर भत्काउने नभई त्यो कानुनी ढंगले टुंग्याउने विषय भएको उनको तर्क छ ।

  • याे पनि…

सरकारलाई बालेनको चुनौती : काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्नुस्

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १६:४७   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।