Logo

अर्थ

मिटरब्याजी पीडितको घोषणा : ‘सरकारसँगको वार्ता भाँडियाे, आन्दोलनलाई निरन्तरता दिन्छाैं’



काठमाडौं । न्याय माग्दै काठमाडौं आएका मिटरब्याजी पीडितहरुको दोस्रो टोलीले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् । बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक भनिएको वार्ता सकारात्मक नभएपछि संघर्ष समितिले वार्ता भंग भएको घोषणा गरेको हो ।

सरकारसँग सहमति नजुटेपछि अब संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । पाँच दिनसम्म चलेको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरू दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको समितिका प्रवक्ता निर्ग नविनले बताए ।

मिटरब्याजी पीडितहरुले ६ बुँदे माग अघि सारेका छन् । तर त्यसप्रति सरकार सकारात्मक नभएको उनीहरुको आरोप छ । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर आफूहरुले वार्ता भंग गरेका गरेका नविनले बताए ।

यसअघि ११ दिन पैदल हिँडेर आएको पहिलो टोलीसँग पनि सरकारले वार्ता गरेको थियो । सरकारले विभिन्न प्रतिद्धता जनाएपछि उनीहरु फकिएका छन् । सरकारले मिटरब्याजपीडितका समस्या समाधानका लागि भनेर आयोगसमेत गठन गरेको छ । तर, पनि पीडितहरूले आन्दोलित भइरहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १७:०६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।