Logo

स्वास्थ्य

शरीरमा प्रोटिनको कमी हुँदा देखिने लक्षण



काठमाडौं । प्रोटिनले मांसपेशीलाई मजबुत बनाउँछ । प्रोटिनले शरीरलाई शक्ति पनि प्रदान गर्छ । प्रोटिनले शरीरमा एन्टिबडि बनाउन मद्दत गर्छ । शरीरमा प्रोटिनको कमी भएमा कपाल फुल्ने, कपाल झर्ने, टुक्रिने तथा नङ्ग पातलो हुने गर्दछ । 

यसले शरीरमा हुने इन्फेक्शन र रोगसँग लड्न मद्दत गर्छ । हाम्रो छाला, एन्जाइम र हर्मोनहरु पनि बन्नका लागि पनि प्रोटिनको आवश्यकता पर्छ । यसको कमि भएमा विभिन्न समस्याहरु पनि आउँछ ।

आँखा सुन्निने

शरीरको कुनै पनि अङ्ग सुन्निनुलाई मेडिकल भाषामा एडिमा भनिन्छ । डाक्टरका अनुसार आँखा सुन्निनु ह्युमन सिरम एल्बुमिनको कमीले पनि हुनसक्छ । जुन रगत र रगतका प्लाज्माहरुको लिक्विड पार्टमा हुने प्रोटिन हो ।

कलेजोको समस्या

शरीरमा प्रोटिनको कमी हुँदा कलेजोसँग जोडिएका समस्याहरु पैदा हुन्छन् । प्रोटिनको कमीले कलेजोको कोशिकाहरुमा फ्याट जम्मा हुन थाल्छ । यसले कलेजो सुन्निने, घाउ हुने र कलेजो फेल हुने सम्भावना बढाउँछ । मोटोपन र मदिराको अत्यधिक सेवनले पनि यस्तो समस्या जन्माउँछ ।

छाला, कपाल र नङ

प्रोटिनको कमी हुँदा छाला, कपाल र नङमा पनि समस्या आउँछ । प्रोटिनको कमीले छाला फुट्ने समस्या आउँछ । छालामा रातो धब्बा देखिन्छ । कपाल कमजोर हुन्छ र झर्न थाल्छ । नङ पातलो हुन्छ र यसको आकार पनि परिवर्तन हुन थाल्छ ।

मांसपेशी कमजोर हुने

मांसपेशी मजबुत बनाउन लागि प्रोटिनको भूमिका सबैभन्दा बढी हुन्छ । शरीरमा प्रोटिनको कमी भएमा शरीरको क्रियाकलाप र आन्द्रालाई आवश्यकताका लागि हड्डीहरुबाट प्रोटिन आपूर्ति गर्छन् । जसले गर्दा मांसपेशी कमजोर हुनुका साथसाथै हड्डीहरु टुक्रिने समस्या बढ्छ । शरीरमा प्रोटिनको निकै कमी भए जोर्नी समेत दुख्ने गर्दछ । जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत कमी आउनसक्छ । जसले गर्दा जोर्नी लचिलो नहुनुका साथै जोर्नी अकडिने तथा दुख्ने गर्दछ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०७:१४   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।