काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले आफ्नो कार्यकालमै भूमिहीनहरूलाई लालपुर्जा दिने लक्ष्य रहेको बताएकी छन् । हजारौँ वर्ष हजारौँ मिटर अर्काको जमीन खनजोत गर्नेहरुसँगै आफ्नो पाँच अमल जमिन नरहेको भन्दै उनले आफ्नै पालामा उनीहरुलाई लालपूर्जा दिलाउने आश्वासन दिएका हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले देशभर लाखौँ जनता भूमिविहीन र गरिबीबाट ग्रस्त रहेको स्मरण गरिन् । ‘जमिन खनजोत गर्नेहरूको हो, त्यसैले हलिया, कमैया, हरवाचरवा, मुसहर, डोम, चेपाङ आदि भूमिहीनहरूले जमीनको लालपुर्जा पाउनैपर्छ । हजारौँ वर्ष हजारौँ मिटर जमीन जोत्नेहरूसँगै पाँच अम्मल जमीन पनि छैन,’ उनले भनिन्, ‘त्यसैले भूमिहीनहरूलाई लालपुर्जा दिने मेरो लक्ष्य छ ।’
मन्त्री श्रेष्ठले विगत लामो समयदेखि भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन नसकेको भन्दै छिटोभन्दा छिटो सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले राष्ट्रिय भूमि आयोगले १०९० वटा पुर्जा बनाएको र ५०० भन्दा धेरै पूर्जा वितरण गरेको जानकारी पनि गराइन् ।




















प्रतिक्रिया