काठमाडौं । मिटरब्याजी पीडितहरुमाथि प्रहरीद्वारा भएको धरपकडबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो ।
सोमबार शान्ति बाटिकामा मिटरब्याजी पीडित र प्रहरीबीच झडप भएको थियो । मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गर्नुका साथै छानबिन समिति बनाइएकोबारे जानकारी दिए । उनका अनुसार मिटरब्याजी पीडितहरु बसेको स्थानमा बाँसको भाटा तथा इटा जम्मा भएको देखेपछि प्रहरीले सतर्कता अपानाएको हो । त्यसक्रममा प्रहरीले गेट लगाएको र भित्रबाट इँटा प्रहार भएपछि दुखद घटना भएको श्रेष्ठको भनाइ छ ।
घटनामा प्रहरी टोलीको नेतृत्व गरेका डीएसपी गम्भीर घाइते भएको र घाइते मिटरब्याजी पीडितहरुलाई पनि आफूले भेटेको उनले बताए । मिटरब्याजी पीडितहरुलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बताए ।




















प्रतिक्रिया