Logo

प्रमुख समाचार

उपेन्द्रलाई भाेट माग्दै देउवाले भने : मधेशकाे अधिकारका लागि मसँग धेरै पटक झगडा गर्नुभएको छ



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको दाबी गरेका छन् । बारा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका जसपा अध्यक्षसमेत रहेका यादवले मधेशको अधिकारका लागि आफूसँग पटकपटक झगडासमेत गरेको देउवाले सुनाए ।

बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘उपेन्द्र यादवजी मेरो क्याबिनेटमा पनि हुनुहुन्थ्यो । हामीले सँगै काम गरेका हौँ । उहाँ मधेशको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरै पटक झगडा गर्नुभएको छ, मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो ।’

सभापति देउवाले बारा–२ का मतदाताले एकपटक उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिनुपर्ने बताए । उनले लोकतन्त्रमा जनता नै देशको मालिक भएको पनि बताए ।

‘लोकतन्त्रमा जनता मालिक हो । नेताले जनताको सेवा गर्ने हो । जनताले जे निर्णय गर्छन्, नेताले त्यही मान्नुपर्छ’, देउवाले भने । उनले राम्रो काम गरे जनताले फेरि जिताउनले नत्र हटाइदिने पनि बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १७:००   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।