Logo

प्रमुख समाचार

उपनिर्वाचन: बारामा बुथ कब्जा हुनसक्ने जनता समाजबादीको आशंका



बारा । बाराको उपनिर्वाचनमा बुथ कब्जा हुनसक्ने जनमत पार्टीले आशंका गरेको छ । नोपाल भारत सीमानामा पर्ने चुनाव केन्द्रहरुमा बुथ कब्जा हुने आशंका जनमत पार्टीको रहेको छ।

जनमत पार्टीको सचिवालयबाट प्राप्त जानकारीअनुसार देवताल–२ को गमहरिया, देवताल–३ को झिटकैया, सुवर्ण गाउँपालिकाको वडा नम्बर ७ को सनफुलवा, सुवर्ण गाउँपालिकाको वडा नम्बर– ३, कोसतगंज/जमुनिया, पचरौता नगरपालिकाको वडा नम्बर ४ को बेलदारी, करैयामाई गाउँपालिका वडा नम्बर ३ को गालोपट्टी वजनी मतदान केन्द्रमा दिनमै बुथ कब्जा हुने आशंका जनमत पार्टीले गरेको छ। ती मतदान केन्द्रहरुमा प्रहरी, कर्मचारी तथा मतदाताहरुलाई प्रभावमा पार्ने गरिएको स्रोतले बताएको छ ।

अनलाइन पानालाई प्राप्त जानकारी अनुसार ती तदान केन्द्रहरुमा भारतीय नागरिकहरुलाई मतदान गर्न लगाउने तयारी पनि रहेको छ । ‘राजनीतिक दलका कार्यकर्ताहरुले मतदातालाई पनि पैसा बाँडेर प्रभाव पारिरहेका छन् । स्थानीय प्रहरी निरिह छ । सेना खटाएर निर्वाचन गर्न लगाइयो भने मात्रै यहाँको मतदान निष्पक्ष हुनसक्छ’, जनमत पार्टीका सचिवालयका प्रमुख राजेश मण्डलले भने, ‘हामीले गर्न सक्ने केही छैन । पहिला पनि यहाँ बूथ कब्जा भएको हो ।’ जनमत पार्टीले बाराको निर्वाचनमा कडा सुरक्षा कायम गर्न माग गरेको छ ।

बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उपनिर्वाचन भएको हो। बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली चुनावी प्रतिष्पर्धामा छन ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार ०८:१८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।