तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द् भट्टराईसँग जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मौनअवधि सुरु भइसकेपछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको समितिले जनाएको छ । भट्टराईले मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधिमार्फत उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।




















प्रतिक्रिया