Logo

प्रमुख समाचार

मतदाताको आँखामा आँखा जुधाएर हेर्दा पनि जित्छु भन्नेमा विश्वस्त छु : जितनारायण श्रेष्ठ



चितवन । चितवन २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले आफू जित्नेमा विश्वस्त रहेको बताएका छन् । आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गर्दै उनले मतदाताहरुको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त रहेको बताए ।

पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढंगबाट रेस्पोन्स पाउँदा उत्साहित भएको बताए । कांग्रेस चितवनका पूर्व जिल्ला सभापतिसमेत रहेका श्रेष्ठको प्रतिस्पर्धा रास्वपाका पार्टी सभापति रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपानेसँग भइरहेको छ ।

११ मतदान स्थलमा पुगिसकेको र सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाइरहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १३:०३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।