काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन २ उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले आफूलाई मतदानस्थलमा जाने वातावरण नभएको बताएका छन् । आइतबार भइरहेको उपनिर्वाचनका क्रममा चितवनको भरतपुर महानगर ११ स्थिति नयाँ किरण मावि मतदानस्थलमा रास्वपा र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच विवाद भएको थियो ।
त्यसपछि सेसबुक लाइभमा आएर उनले लोकतत्न्त्रको सुन्दर अभ्यास गरिरहेको आफूहरुलाई लोकतन्त्र ल्यायौं भन्नेहरुले नै त्यसको नजरन्दाज गरेको टिप्पणी गरे । ‘हामी लोकतन्त्रको अभ्यास गरिरहेको दल हामी हो’, उनले भने, तर यसको सुन्दर पक्ष मतदानका बेला यसरी हुलहुज्जत गरेर यसलाई नजरन्दाज गर्नुभयो भने यसको मूल्यांकन जनताले नै गर्नेछन् ।’
लामिछानेले आफूमाथि घेराबन्दी गरिएको बताएका छन् । ‘ममाथि भएको घेराबन्दी र षड्यन्त्रलाई जनताले हेहेका छन् ।’ लामिछानेले अन्य राजनीतिक दललाई आफ्नो कार्यकर्ता र प्रशासनलाई पनि संयम हुन आग्रह गरे । ‘प्रसशानलाई मेरो अनुरोध छ, चितवन २ मा अराजक घटना नहोस् । मैले प्रधानमन्त्रीको धायनाकर्षण पनि गराएको छ’, उनले भने, ‘अन्य दलका शीर्ष नेताहरुले आफ्नो कार्यकर्तालाई सम्हाल्नु होला । सबै संयमित हुन जरुरी छ ।’
हेर्नुहाेस लाइभ




















प्रतिक्रिया