Logo

राजनीति

तनहुँ-१ : दिउँसाे २ बजेसममा ४२ प्रतिशत मत खस्याे



तनहुँ । तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा जारी उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ ।

यस क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेका छन् । यहाँ ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र रहेका छन् ।

मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएकोमा उनी राष्ट्रपतिमा चुनिएपछि उपनिर्वाचन भएको हो । आइतबार बारा–२ र चितवन–२ मा पनि उपनिर्वाचन भइरहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १४:४८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।