चितवन । चितवनका दुईवटा केन्द्रमा रोकिएको मतदान सुरू भएको छ । दिउँसो नताव उत्पन्न भएपछि भरतपुर महानगरपालिका ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदान भइरहेका बेला नाराबाजी गरेपछि तनावको स्थिति सिर्जना भएको थियो । लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारागरेपछि त्यसको विरोध अन्य दलले गरेका थिए । त्यस क्रममा तनाव उत्पन्न भएको हो ।
सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । त्यसक्रममा भागाभाग भएको थियो । अवस्था सामान्य भएपछि विद्यालयको गेट खोलिएको छ र मतदान पुनः सुरु भएको छ ।




















प्रतिक्रिया