तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।
सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७६२५ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३४७१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २२१९ मत पाएका छन् ।
आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ को भने मतगणना सुरु भएको छैन ।




















प्रतिक्रिया