Logo

राजनीति

तनहुँ-१ : रास्पाका स्वर्णिम वाग्ले पाँच हजार मतले अगाडि



काठमाडौं । तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायम नै छ ।

सुरुवाती चरणबाट अग्रता लिएका वाग्लेले पछिल्लो अपडेट अनुसार ११ हजार मत कटाएका छन् । उनले ११ हजार ४२८ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४७ मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर तामाङले ९९, राप्रपाकी शोभा गुरुङले ४८ र नागरिक उन्मुक्तिका भीमबहादुर सुनारले १८ मत पाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ११:४९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।