Logo

राजनीति

तनहुँ-१ मा स्वर्णिमको अग्रता कायमै, सत्ता गठबन्धनका भट्टराई पाँच हजार बढी मतान्तरले पछि



काठमाडौं । तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायम नै छ ।

सुरुवाती चरणबाटै अग्रता लिएका वाग्लेले पछिल्लो अपडेट अनुसार १२ हजार ७०५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भट्टराईले ७ हजार ६४६ मत ल्याएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । वाग्ले कांग्रेसका उम्मेदवार भट्टराईभन्दा पाँच हजार बढी मतले अगाडि छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २१९ मत पाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १३:१६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।