बारा । बारा-२ काे उपनिर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक नतिजामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुसवाहले १७० मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पुरुषोतम पौडेलले १६६ मत प्राप्त गरेका छन्। त्यस्तै रास्वपाका रमेश खरेलले ८० मत प्राप्त गरेका छन् ।
अहिलेसम्म ६७० मत गणना भएको छ । अहिले करैयामाई र सुवर्णपूरको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतले जनाएका छन् ।




















प्रतिक्रिया