Logo

राजनीति

चितवनमा रविकाे अग्रता



काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रवि लामिछानले ११५५ आएकाे छ। नेकपा एमालेका रामप्रसाद न्याैपानलेले ६६५ छन् । यसैगरी नेपाली कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ ५८८ मतका साथ तेस्राे स्थानमा छन् ।

चितवन २ मा गत ४ मंसिरको आमनिर्वाचनबाट रास्वपाका रवि लामिछाने नै निर्वाचित भएका थिए । तर उनी नागरिकता विवादमा अदालतबाट दोषी ठहर भएपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएकाे हो ।

आइतबार चितवन २ सहित तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएकाे हाे । तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र पाैडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जनता समाजवादीका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि आइतबार तीन वटै क्षेत्रमा उपनिर्वाचन भएकाे हाे ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १५:४०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।