काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानलेकाे १४९२ आएको छ। नेकपा एमालेका रामप्रसाद न्यौपानलेकाे ११३३ मत आएकाे छ। यसैगरी नेपाली कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ ९७५ मतका साथ तेस्रो स्थानमा छन् ।
चितवन २ मा गत ४ मंसिरको आमनिर्वाचनबाट रास्वपाका रवि लामिछाने नै निर्वाचित भएका थिए । तर उनी नागरिकता विवादमा अदालतबाट दोषी ठहर भएपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो ।
आइतबार चितवन २ सहित तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको हो । तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जनता समाजवादीका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि आइतबार तीन वटै क्षेत्रमा उपनिर्वाचन भएको हो ।




















प्रतिक्रिया