बारा । सत्ता गठबन्धनको साथ उम्मेदवार बनेका जसपाका उम्मेदवार उपेन्द्र यादवले फेरि अग्रता कायम गरेका छन् । उनले जनमत पार्टीका शिवचन्द्र कुसवाहलाई झिनो मतले पछि पार्दै अगाडि बढेका हुन ।
जसपा अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई सुरुमा पछाडि पारेका थिए । बीचमा उपेन्द्र पछाडि परेका थिए भने अहिले कुशवाह पछाडि पारेका हुन । जनमतका कुशवाह ८९ मतले पछाडि परेका छन् ।
जनमतका उम्मेद्वार र जसपाका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा चलेको छ । उपेन्द्र यादव अहिले १३९० मत ल्याएका छन भने जनमत पार्टीका उम्मेद्वार कुशवाहले १३०१ मत ल्याएका छन् । उता नेकपा एमालेका पुरुषोत्तम पौडेल ६२९ मतसहित तेस्रो स्थानमा छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २५९ मत ल्याएका छन् ।




















प्रतिक्रिया