Logo

राजनीति

रविले कटाए ३६ सय मत



चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार रवि लामिछानेले मतान्तर बढाएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौनेलाई झन्डै दोब्बर मतले पछाडि पार्दै ३ हजार ६ सय २ मत प्राप्त गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका न्यौपानेले २ हजार ८२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायण श्रेष्ठले एक हजार ४९४ मत पाएका छन् । गत मंसिरकाेभन्दा अहिलेकाे मतपरिणाममा इच्छाकामना गाउँपालिकाबाट रविले अझ बढी मत प्राप्त गरेका छन् । अहिलेसम्म चितवन–२ काे इच्छाकामना १, २, ३, ४, ५ र ६ को मतगणना गर्दा गरिएकाे छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १७:४६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।