Logo

विविध

भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा



लुम्बिनी । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब रु १३ लाख बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले आज अपराह्न जिल्लास्थित मायादेवी गाउँपालिका वडा नं ७ गरकट्टी हुँदै भन्सार छली ल्याउँदै गरेको ४० क्विन्टल हुँ र ३० क्विन्टल युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ भन्सार छली लु१त ९७८० नंको ट्र्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ट्रयाक्टरसहित करिब रु १२ लाख ८० हजार बराबरको खाद्यान्न तथा युरिया नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार २१:५१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।