Logo

प्रमुख समाचार

आम नागरिकलेभन्दा कुनै पनि फरक स्वास्थ्य सुविधा राज्यबाट लिन्न : राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले राज्य सत्ताको चरम दुरुपयोग गरेको बताएका छन् ।

संसदमा बोल्दै उनले आर्थिक संकटको बेला सरकारले राष्ट्रपतिको खर्चिलो उपचार गरेको र लडाकुलाई पैसा बाड्ने काम अगाडी बढाएकोमा आपत्ति जनाए । उनले यस्तो अवस्थामा सरकारले सत्ताको चरम दुरुपयोग गरेको बताए । ‘योग्य लडाकुलाई पैसा बाड्ने र राष्ट्रपतिको महंगो र खर्चिलो उपचार गर्ने काम सत्ताको चरम दुरुपयोग गरिएको हो’, राजेन्द्र लिङ्देनले भने, ‘भविष्यमा पनि आम नागरिकले भन्दा कुनै पनि फरक स्वास्थ्य सुविधा लिने छैन । यहाँको डाक्टरहरुले हामीले सक्दैनौं नभनेसम्म विदेश उपचारमा जान्न ।’

उनले देशमा वौदिकता पलाएनको अवस्था दर्दनाक रहेको पनि बताए । उनले चिकित्सा शिक्षा आयोगले रोलक्रम अनुसार काम नगरको भन्दै भन्दै उनले सरकारको ध्यान आकर्षण पनि गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १५:२५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।