काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।
शनिवार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
राज्यले सम्मान गर्नुपर्ने व्यक्तित्व सडकमा उभिनु सुन्दर पक्ष नरहेको जिकिर गर्दै शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल महावीर पुनसँग संवाद गरी माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।
महामन्त्री शर्माले आविष्कार र नवप्रवर्तनमा जोड दिने कुरा राज्य प्रणाली कस्तो बन्ने भन्नेसँग जोडिएको भन्दै कस्तो प्रकारको समाज बनाएर जाने हो त्यसमा ध्यान दिन जरुरी रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भएको भेटमा पनि आफूले पुनका माग राज्यबाट सम्बोधन हुनुपर्ने कुरा राखेको शर्माले बताए ।




















प्रतिक्रिया