काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । आइतबार पुनको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका खनालले पुनका मागका विषय सत्ता गठबन्धनको बैठकको एजेन्डा बन्नुपर्ने बताएका हुन् ।
‘गठबन्धनको बैठक बस्नुपर्ने हो, उहाँका एजेन्डा अघि सारेर एउटा टुंगोमा पुग्नुपर्ने हो । हाम्रो देशका वैज्ञानिकहरुलाई एक घण्टा पनि (धर्नामा) बस्नुपर्ने परिस्थिति हुनै नदिनुपर्ने थियो’ पूर्वप्रधानमन्त्री खनालले भने । यस वर्षको बजेटमा महावीर पुनको मागलाई सम्बोधन गर्नुपर्ने उनले बताए ।




















प्रतिक्रिया