Logo

प्रमुख समाचार

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको बैठक जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

बसुन्धरास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थनबारे छलफल भइरहेको छ । पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको छ ।

साथै बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तारका विषयमा पनि छलफल हुनेछ ।

बैठक बस्नुअघि आइतबार रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । यसैबीच रास्वपाको संसदीय दलको बैठक पनि आजै बस्दैछ । दिउँसो तीन बजे पार्टी कार्यालयमै बस्ने बैठकले दलको नेतामा रवि लामिछानेलाई चुन्ने कार्यसूची छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १३:१०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।