काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् ।
यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट विजयी यादवले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । उनीले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने हुन् ।
उपनिर्वाचनबाट विजयी अन्य दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले यसअघि नै शपथ लिएर संसद् बैठकमा उपस्थित भइसकेका छन् ।




















प्रतिक्रिया