Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनाबारे बुझ्न प्रहरीले पूर्वगृहसचिव टेक नारायण पाण्डे पक्राउ परेका छन् । अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो ।

अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका हुन् ।

यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनी पक्राउ परिसकेका छैनन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १४:०६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।