Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेश : कांग्रेसका मुख्यमन्त्रीले मागे एमाले र राप्रपासँग विश्वासको मत



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रमुख विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यसँग पनि विश्वासको मत मागेका छन् ।

उनले आफू दलीय स्वार्थ भन्दा माथि रहेर काम गर्ने भन्दै एमाले र राप्रपासँग पनि विश्वासको मत मागेका हुन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डे माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

बिहीबार गण्डकी प्रदेशसभामा विश्वासको मत माग्दै उनले भनेका छन्, ‘ मुख्यमन्त्री पदमा काम गर्दा दलीय स्वार्थभन्दा माथि रहेर काम गर्नेछु । मलाई समर्थन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत अनुरोध गर्दछु । हाम्रो साझा प्रयासबाट नै प्रदेशले अगाडि सारेका आयोजना तथा कार्यक्रमहरु समयमै सम्पन्न हुनेछन् ।’

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १६:२२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।