Logo

प्रमुख समाचार

‘टुकुचाको प्राकृतिक अधिकार पुनः स्थापना गर्ने महानगरकाे प्रयासमा पहिलो सफलता’



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने आफूहरुको प्रयासमा पहिलो चरणको सफलता मिलेको बताएका छन् । उनले खोला छोप्ने कार्य वर्जित भन्दै यस्तो कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप महानगरले चालेका कुनै पनि कदम खेर नगएको उल्लेख गरेका छन् ।

केहीदिन अघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको उल्लेख गर्दै मेयर बालेनले आफूहरुको कदम सही सावित भएको सामाजिक संजालमा दाबी गरेका छन् । ‘यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन्’, उनले भनेका छन् ।

कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र र सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड रेहको भन्दै मेयर बालेनले अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइने बतँएका छन् ।

‘कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ’, त्यसअघि उनले भनेका छन्, ‘केहिदिन अघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदिको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत गरेको छ ।’

यसअघि गत १८ माघमा उच्च अदालत पाटनले नै काठमाडौँ महानगरपालिकालाई टुकुचा उत्खनन् अभियान रोक्न अन्तरिम आदेश दिएको थियो । तर पूर्णपाठबाट आफूहरुको कदमलाई अघि बढाउन अदालतले बाटो खोलिदिएको मेयर बालेनले बताएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार ११:४३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।