Logo

प्रमुख समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणसँगै सबै भ्रष्टाचारका काण्ड छानबिन होस्– प्रेम सुवाल



काठमाडौं । प्रतिनिधिसभा सांसद प्रेम सुवालले भ्रष्टाचारका सबै प्रकरण छानिवन गर्नुपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणसहित वाइडबडी जहाजलगायतका प्रकरण निष्पक्ष छानबिन गर्न उनले सरकारसँग माग गरे ।

आइतबारबाट सुरु भएको वर्खे अविधेशनको पहिलो बैठकमा नेमकिपा सांसद सुवालले भने, ‘तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार कार्यदल बनाई नेपालीलाई भुटानी शरणर्थी बनाइ अ‍ेमरिका पठाउने निर्णय गरियो । अहिले संचारमाध्यममा विभिन्न समाचार आएका छन् । ८७५ नेपालीलाई १० देखि ५० लाख असुलेर गठी गरिएको छ । यो ठगी गर्ने को को हुन् ? सरकारले राख्नुपर्‍यो ।’

सांसद सुवालले नक्कली शरणार्थी प्रकरणबारे विभिन्न संचारमाध्यममा प्रकाशित समाचारको शीर्षक उल्लेख गर्दै यो घटनाको निष्पक्ष छानबिन गर्न माग गरे । ‘एक पूर्व मन्त्री फरार, एक तानिए, पार्टी सचिव नै तानिएपछि ओलीले भेटे प्रचण्ड, ओलीले चैत्र १३ गतेको रेकर्ड बाहिर ल्याउँछु भनेपछि हच्किए प्रचण्ड, ओलीको दबाबमा रायमाझी परेनन्’, उनले भने ‘यो मात्रै होइन, यसअघि पनि वाइडबडीमा शेरबहादुर देउवा, देउवा पत्नी आरजु राणा शैक्षिक माफियाको जेठी दिदी भनेर प्रचार भयो । माअ‍ेवादीका बाबुराम र गजुरेलले भने अनुसार दाहालको अबौं रुपैयाँ रहेको प्रकाशित भयो । सबै विषय छानबिन गर्नुपर्यो ।’

सांसद सुवालले सरकारले पुन विशवासको मत लिनुपर्ने पनि बताएका छन् । यसैगरी नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नपाउने बताए । एउटा राष्ट्रपतिले अस्वीकार गरेको विधेयक अब अर्को राष्ट्रपतिले प्रमाणीकरण गर्न नमिल्ने उनको तर्क थियो ।  

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १७:०८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।