Logo

प्रमुख समाचार

शीर्ष तीन नेताबीच संसदमा विचाराधीन विधेयकका बारेमा छलफल



काठमाडौं । प्रमुख दलका तीन शीर्ष नेताबीच संसद्मा विचाराधीन विधेयकका बारेमा छलफल भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलबारे तीन नेताले कुनै प्रतिक्रिया नदिए पनि संसद्मा विचाराधीन विधेयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालय भने सदनमा विचाराधीन विधेयकबारे तीन नेताबीच छलफल भएको जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू नै जोडिएका सामाचारहरु सार्वजनिक भइरहेका बेला तीन नेताबीच भएको भेटमा त्यसबारे कुनै छलफल नभएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १३:५९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।