Logo

राजनीति

टोपबहादुरलाई अनेरास्ववियुको चेतावनी : ‘पक्रेर प्रहरीलाई जिम्मा लगाउन नपरोस्’



काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले पूर्वउप्रधानमन्त्री टोबहादुर रायमाझीलाई निर्दोष भए निर्धक्क भएर सार्वजनिक हुन आग्रह गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका सम्पर्कविहीन भएका एमाले सचिवसमेत रहेका सांसद रायमाझीलाई उनले ‘पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाउन नपरोस्’ भनेर चेतावनी दिएका छन् ।

संवाद डबलीमा बिहीबार आयोजित अन्तरक्रियामा अध्यक्ष बडालले भने, ‘कठघरामा आएर आफूलाई निर्दोष सावित गरेर देखाउनुस् । होइन भने हामीले पक्राउ गरेर प्रहरीलाई बुझान पर्ने अवस्था नआवस् ।’ उनले सत्ता निकटकालाई बचाउने र विपक्षीलाई फफाउन सक्ने आशंका व्यक्त गर्दै भ्रष्टाचार गर्ने जो कोही अपराधी भएकाले सबैलाई समान व्यवहार गर्न सरकारलाई आग्रह पनि गरे । ‘भ्रष्टाचारी भनेका व्यक्ति र मुलुकलाई लुट्ने अपराधी नै हुन् । सबैलाई एउटै व्यवहार गर्नुपर्छ ।’

अध्यक्ष बडालले अहिलेको नक्कली शरणार्थी प्रकरण विगतका अरु प्रकरणहरु जस्तो यत्तिकै सामसुम पार्न नहुनेमा पनि जोड दिए । ‘नक्कली शरणार्थी प्रकरणमा सरकार र खासगरी प्रहरीले जुन आट गरेको छ, धन्यवाद’, उनले भने, ‘तर यो विगतको अरु काण्ड जस्तो नहोस्, भ्रष्टाचारी जोगाउने खेल हामीलाई सैह्य हुँदैन ।’

साथै अध्यक्ष बडालले २०४७ सालयता विभिन्न सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानिविन गर्न एउटा आयोग बनाउनुपर्ने पनि बताएका छन् । ‘२०४७ सालयता सार्वजनिक बदमा रहेका÷रहिसकेकाहरुको सम्पत्ति छानबिन् होस्’, उनले भने, ‘त्यसका लागि एउटा आयोग बनाउँ ।’

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १४:२१   :  बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।