काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।
‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरूले नै निजी लाभका निम्ति राज्य शक्तिको चरम दुरूपयोग गर्नु निकृष्टतम अपराध हो,’ उनले आजको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले निष्पक्ष ढंगले अनुसन्धानलाई अगाडि बढाएर छिटो तार्किक निष्कर्षमा पुर्याउन पनि माग गरेका छन् । ‘कुनै पनि बहानामा अपराधिलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन नेसपा खबरदारी गर्दछ,’ उनले भनेका छन् ।





















प्रतिक्रिया