काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा बनाउन आफूहरु लागिपरेको बताएका छन् । उनले वाम शक्तिहरूलाई गोलबन्द गराउन खोजेको स्पष्ट पारे ।
पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामीले पहिलो चरणमा हामी, माओवादी र जसपालाई एक ठाउँमा जम्मा गरेर समाजवादी मोर्चा निर्माण गर्ने । त्यसमा अरू पार्टीलाई पनि समेटेर छिटो साकार गर्न लागिरहेको छौँ।’
समाजवादी मोर्चा तयार पार्न सके सरकारको स्थिरता हुने उनको भनाइ छ। समाजवादी मोर्चा निर्माण भए सरकार अस्थिर हुने सकैले भत्काउन नसक्ने अध्यक्ष नेपालको भनाइ छ ।




















प्रतिक्रिया