Logo

राजनीति

पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका थापालाई आइतबार पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको छ । रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहाकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो ।

यही प्रकरणमा जोडिएका कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि आइतबार पक्राउ पुर्जी जारी भएको छ । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई हिरासतमा छन् ।

पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत रहेका तत्कालिन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १३:११   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।