Logo

प्रमुख समाचार

टोपबहादुर रायमाझीलाई सरकारी वकिलकाे कार्यालय लगियो



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ ।

म्याद थपका लागि अदालतमा जानुअघि रायमाझीलाई सरकारी वकिलको कार्यालमा लगिएको हो । आइतबार राति बुढानीलकण्ठको पासिकोटमा आफन्तको घरमा आश्रय लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १५:०६   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।