काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलाएको छ । पार्टी महासचिव रतन थापाका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।
बैठकले सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्ने बताइएको छ । टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति सन्तुष्ट छैन ।
यद्यपि उसले टीकापुर प्रकरण राजनीतिक भएको र अदालतको फैसलाप्रति कुनै टिप्पणी नरहेको बताएको छ। डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले पनि अदालतको फैसलाबाट विचलित नभएको प्रतिक्रिया दिएका थिए ।




















प्रतिक्रिया