Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले भने– ‘म पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमै छु’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमै रहेको स्पष्ट पारेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आफूसमेत लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नैपर्छ भन्ने पक्षमा रहेको बताए ।

तर अहिले सर्वोच्च अदालतले यसलाई रोकेको बताएका छन् । ‘म दोस्रो पटक प्रधानमन्त्री भएको बेला थारुहट र मधेश आन्दोलनबारे छानिबन गर्न लाल आयोग गठन भएको थियो । सरकारले प्राप्त गरेको यो प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्नेमा म पनि पर्छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर यसलाई कसरी सार्वजनिक गर्ने भन्नेबारे छलफल भइरँदा सूचना आयोले दिएको मुद्दालाई फैसला गर्दै यो प्रतिवेदन तत्काललाई सार्वजनिक नगर्नु भनेको छ । सर्वोच्चको फैसलालाई पुनावेदन गरेर खुला गरेपछि यसलाई सर्वाज्निक गर्नपर्छ भन्ने पक्षमा नै म पनि छु ।’

प्रधानमन्त्री प्रचण्डले मिल्ने हदसम्मका प्रतिवेदन सार्वजनिक गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १४:००   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।