Logo

प्रमुख समाचार

कोशीमा सरकार परिवर्तनकाे कसरत : सथर्मन फिर्ता लिन माओवादी र जसपालाई कांग्रेसको आग्रह



काठमाडौं । कोशी प्रदेशमा एमाले नेतृत्वकाे सरकार ढालेर केन्द्रीय समिकरण अनुसारको नयाँ सरकार गठनका लागि कसरत सुरु भएको छ । केन्द्रमा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र जसपासहितकाे समर्थनमा केन्द्रमा प्रमुख प्रतिपक्ष दल रहेको नेकपा एमालेका हिक्मत कार्कीले कोशी सरकारको नेतृत्व गरिरहेका छन् ।

तर केन्द्रकै समिकरणअनुसार सरकार गठनका लागि यसअघि नै प्रयास गरिएपनि कांग्रेस–माओवादीलगायतका दलसँग सहज बहुमत नहुँदा एमालेका कार्की नेतृत्वकै ससरकार टिकिरहेको छ । सरकार बन्न ४७ जना सांसदको समर्थन चाहिने भएपनि कांग्रेस माओवादी र एमाले राप्रपा  गठबन्धन दुवै पक्षसँग ४६/४६ सांसद रहेका कारण कोशीमा केन्द्रीय समिकरणअनुसारको सरकार गठन हुन सकिरहेको छैन ।

राप्रपालाई पनि साथ लिए कांग्रेस माओवादी गठबन्धनकाे सरकार बन्छ, त्यसका लागि प्रयास गरिरहेको कांग्रेसले पहिला माओवादी र जसपालाई सरकारबाट बाहिरिन आग्रह गरेको छ । बिहीबार विराटनगरमा बसेको कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठकले नयाँ सरकार बनाउनका लागि माओवादी र जसपालाई अहिलेको सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो।

कांग्रेसका प्रदेश सांसद भीम पराजुलीका अनुसार माओवादी र जसपा नयाँ सरकार बन्ने ग्यारेन्टी नभएसम्म अहिलेकै सरकारमा बसिरहने मनस्थितिमा भएकाले उनीहरूलाई पहिला सरकार छोड्न भनिएको हो।

गत ४ मंसिरको आमनिर्वाचनपछि एमाले र माओवादीबीच केन्द्रमा भएको गठबन्धनअनुसार कार्की मुख्यमन्त्री बनेका थिए । राष्ट्रपतिको चुनावअघि उक्त गठबन्धन भत्किएसँगै अरू सबै प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलको सरकार बनेको छ।

तर काेशीमा भने राप्रपाले एमालेलाई साथ दिँदा कांग्रेस माओवादीलाई कार्की नेतृत्वकाे सरकार ढाल्न कठिन भएकाे छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १७:०१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।