Logo

प्रमुख समाचार

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने



काठमाडौं । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज बोल्न बाँकी सांसदले धारणा राख्नेछन् । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलसहित शीर्ष नेताले सम्बोधन गरिसकेका छन् ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १०:४०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।